विद्यालयलाई हप्तामा २ दिन बिदा नदिन भक्तपुर नगरपालिकाकाे निर्देशन

  डेटूडे खबर डेस्क
  ०१ जेठ २०७९

                            

काठमाण्डाै । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाले आज सूचना निकालेर  शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको हो ।  सरकारले जेठ एक अर्थात् आजदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि नगरपालिकाले आज सूचना निकालेर अर्को सूचना नआएसम्म विद्यालय बन्द नगर्न भनेको हो ।

शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना कार्यक्रम जारी रहेको र नगरपालिकामा जनप्रतिनिधि नभएकाले बिदा दिने निर्णय नगरिएको बताउनुभयो ।  सरकारले हप्तामा दुई दिन विद्यालयसमेत बन्द गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी रुपमा विरोध भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट