मटिहानी नगरपालिका एकमा लोसपा प्यानल सहित विजयी

  डेटूडे खबर डेस्क
  ०१ जेठ २०७९

                            

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका एकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वडा नं. १ मा प्यानल सहित विजयी भएको छ ।

लोसपाका शिवशंकर कुमार राय ३७८ मत ल्याएर विजयी भएका हुन् ।

निकटमत प्रतिद्वन्दी भन्दा १६६ मतको अन्तरले उनी निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिचन्द्र साह २१२ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद बसिर राईनले १८१ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट