सर्लाहीको बरहथवामा आज पुनः मतदान

  डेटूडे खबर डेस्क
  ०३ जेठ २०७९

                            

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ श्रीपुरमा आज पुनः मतदान सुरु भएको छ । 

निर्वाचन आयोगको निर्णय अनुसार आज बिहान ७ बजेदेखि  वडा नम्बर १७ को आधारभूत विद्यालय परोरिया टोलको मतदान स्थल अन्तर्गत पर्ने दुई वटा मतदान केन्द्रमा मतदान सुरु भएको बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले  जानकारी दिनुभयो

त्यहाँ रहेको दुई वटा मतदान केन्द्रमा एक हजार ९ सय ५४ मतदाता रहेका छन्। त्यस मतदान केन्द्रमा  गएको शुक्रबार ३ सय ७२ मत मात्र खसेको थियो। 

मतदान भइरहेको बेला जनता समाजवादी पार्टीले मतदातालाई कब्जा गरेर एकलौटी मत हाल्न खोजेको अन्य पार्टीले आरोप लगाएका छन्। त्यहाँ कडा सुरक्षाकाबीच मतदान सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट