प्रतिनिधिसभाको बैठक बस्दै

डेटूडे खबर डेस्क
०४ जेठ २०७९
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको दोस्रो बैठक दिउँसो १ बस्ने तय छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ । हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
संसद्को बजेट अधिवेशन मंगलबारदेखि सुरु भएको हो । यो बजेट अधिवेशन हो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गर्दै आएको संसद् अवरोध हिजोदेखि खुलाएको छ ।