जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहको अग्रता
डेटूडे खबर डेस्क
०५ जेठ २०७९
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार सामनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार साहले ५०६१ मत प्राप्त गरेका छन् । एमालेका शिवशङ्कर साह ३२३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी १४८८ मत प्राप्त गरी तेस्रो र अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथो स्थानमा छन् ।
निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका लालकिशोर साह १२८३ मतका साथ पाँचौँ स्थानमा छन् ।
उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राखेकी छन् । उनले ५३९५ मत गर्दा एमालेकी रुणा देवी झाले ३५६४ मतका साथ साहलाई पछ्याइ रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
प्याकुरेलका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी रिता कुमारी मिश्र १९४७ मतका साथ तेस्रो स्थानमा छिन् । मिश्र निर्वतमान उपप्रमुख समेत हुन् ।