सिरहाको सिरहा नगरपालिकामा नेकपा एमाले विजयी

  डेटूडे खबर समाचारदाता
  ०५ जेठ २०७९

                            

५ जेठ, जनकपुरधाम । सिरहाको सिरहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका नवीन कुमार यादव ११ हजार १४३ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् ।


उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादवले ८ हजार ७३२ मत ल्याए ।

यस्तै नगरको उपप्रमुखमा एमालेकी बबिता कुमारी यादव १० हजार १२६ मत ल्याएर निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरिता कुमारी यादव ८ हजार ५ सय ७७ मत मात्र पाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट