महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी

  डेटूडे खबर समाचारदाता
  ०५ जेठ २०७९

                            

महाेत्तरी - महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी हुनुभएको छ ।

अध्यक्षमा ४ हजार ४९९ मत प्राप्त गरी दीपनारायण मण्डल र उपाध्यक्षमा ४ हजार ६७१ मत प्राप्त गरी महजवी खातुन निर्वाचित हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले २ हजार ४११ र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै रुक्साना खातुनले २ हजार ७६ मत प्राप्त गर्नुभएको हाे ।

त्यस गाउँपालिकामा जसपाले वडा नं १, २, ३ र ६ मा तथा लोसपाले वडा नं ४ र ५ मा जित हासिल गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट