प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार कुशवाहा पराजित

  डेटूडे खबर डेस्क
  ०६ जेठ २०७९

                            

सर्लाही ।  मधेश प्रदेशका प्रदेशसभा  सदस्य पदबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् ।

सर्लाहीको गोडैता नगरपालिकाकाे प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा ५ सय  ४२ मतको अन्तरले पराजित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भएका छन् ।

यादवले ५ हजार २ सय ९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७ सय ५२ मत ल्याएका छन् ।

बिहिबार गौडैताको मतगणना सम्पन्न भएपछि आएको मतपरिणाम अनुसार कुशवाहा दोस्रो नम्बरमै सीमित भएका हुन् ।

उपप्रमुखमा पनि लोसपाकै अन्जना कुशवाहा ५ हजार ३०१ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रामसखी देवीले ४ हजार ४९३ मत प्राप्त गरेकी छन् ।

गोडैताको नगरप्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका कुशवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट