जनकपुरधाममा बापूको आगमनमा प्रत्याशी मनोज कुमार साहद्वारा सरसफाई

  डेटूडे खबर डेस्क
  ०६ जेठ २०७९

                            

जनकपुरधाम । भारतका प्रख्यात संत मुरारी बापू जनकपुरधाम आगमनको तयारी पूरा भइसकेको छ ।

शनिबार  जनकपुरधाम आउने भएका हुन् । उनकाे आगमनलाई मध्यनजर गर्दै जानकी मन्दिर लगायतको क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

जनकपुरधामका मेयर प्रत्याशी मनोज कुमार साहको अगुवाईमा सरसफाई  कार्यक्रमको आयोजना गरेका  हुन्।

सो कार्यक्रममा जानकी मन्दिरको चारैतिरकाे प्रागंण सफाई गरिएको छ ।

अतिथि बापूलाई सत्कार गर्न  मिथिला संस्कारलाई  मुल नाराका साथ सरसफाई गरिएको छ।

कार्यक्रममा स्थानीय युवा,व्यवसायीहरूकाे उल्लेखनीय सहभागिता रहेको थियो ।

संत मुरारी बापूले यहाँ सप्ताह दिन सम्म रामकथा प्रवचन दिने कार्यक्रम रहेको छ । शनिवारदेखि सुरु हुने भएकाे प्रवचन कार्यक्रम जेष्ठ १५ गते सम्म चल्ने बताइएको छ ।

प्रवचन कार्यक्रमको लागि जनकपुरधामकाे तिरहुतिया गाछीमा व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट