धनुषाको गणेशमान चारनाथ नगरपालिकामा काँग्रेसका उम्मेदवार विजय
डेटूडे खबर डेस्क
०७ जेठ २०७९
जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
शुक्रबार राति भएको मतगणनाको मत परिणाम अनुसार प्रमुखमा जितनारायण यादव निर्वाचित यादवले तीन हजार १ सय ८ मत छ । उनका निकटतम प्रितद्वन्दी जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७ सय ६० मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा तुलसाकुमारी पाण्डे तीन हजार २ सय ८३ मत ल्याई निर्वाचित भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार गणिताकुमारी महतोले दुई हजार ४ सय २९ मत ल्याइन् ।