जनकपुरधामको प्रमुख पदको उम्मेदवार साह निर्वाचित
डेटूडे खबर डेस्क
०९ जेठ २०७९
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएको छ । सत्ता गठबन्धनले जनकपुरधामको प्रमुख पदमा कांग्रेसको उम्मेदवार नउठाउने निर्णय गरेपछि पार्टीमा विद्राेह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका साहले १३ हजार चार सय ६५ मत प्राप्त गरी विजयी भएको हो ।
साहका निकटतम प्रतिस्पर्धी एमालेका शिवशंकर साहले नौ हजार पाँच सय ३२ मत प्राप्त गरेको छ । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निवर्तमान प्रमुख लाल किसोर साहले पाँच हजार एक सय ९४ मत प्राप्त गरेको छ ।
उपप्रमुख पदमा कांग्रेसका उम्मेदवार किशोरी साह १५ हजार पाँच सय २५ मत ल्याएर विजयी भएको छ ।जनकपुरधाम उपमहानगरपालिकामा रहेका २५ वटा उपमहानगरपालिकामध्ये ११ वटामा कांग्रेस, सात वटामा एमाले, दुई वटामा लोकतान्त्रिक समाजवादी पार्टी, दुई वटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् भने्े तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालले एक–एक वटा वडाध्यक्ष पद जितेका छन् ।