मधेश प्रदेशमा मन्त्रालयको नाम परिवर्तन

डेटूडे खबर डेस्क
११ जेठ २०७९
जनकपुरधाम । मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरिएको छ ।
मन्त्रालयका सचिव रामकुमार महतोले बताए अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसार नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको छ ।
मन्त्रालयको नाम परिवर्तन भएको सूचना प्रदेशको राजपत्रमा मंगलवार प्रकाशित भएको छ ।
पहिले आन्तरिक मामिला तथा कानून मन्त्रालय रहेको थियो ।पछि सो मन्त्रालयलाई विभाजन गरी कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय छुट्टयाएर आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो ।
जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको थियो ।
प्रहरी, प्रशासनसित सोझो सम्पर्क भएको मन्त्रालयको नाम आन्तरिक मामिला रहेकै कारण सर्वसाधारण झुक्किने गरेका थिए ।