दर्जनौं युवा जनमत पार्टीमा प्रवेश

  डेटूडे खबर डेस्क
  ११ जेठ २०७९

                            

जनकपुरधाम ।  डा. सी. के राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी  परित्याग गरी   धुनुषा  तथा  महोत्तरी  लगायत विभिन्न  स्थानका  दुई दर्जन युवाहरु पार्टी प्रवेश गरेका छन् ।

जनकपुरधामको  भानु चौक स्थित रहेको जनमत पार्टी केन्द्रिय सचिवालयमा डा. सी . के राउतले उनीहरुलाई फुल माला लगाउदै पार्टी प्रवेश गराएका हुन् ।

युवा नेता  बद्री नाथ झाको प्रयासले पार्टी प्रवेश गरेका  युवाहरूले देशमा परिवर्तनको सम्वाहक  एकमात्र जनमत  पार्टी भएको भन्दै पार्टी प्रवेश गरेका छन् ।

पाटीै प्रवेश गर्नेहरुमा  डा. धिरेन्द्र प्रसाद साह, डा. राम स्नेही साह, इ. शेखर साह, सोनु झा, पवन कुमार ठाकुर लगायतकाहरु  पार्टी प्रवेश गरेको युवा नेता बद्रीनाथ झाले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट