बारामा करेन्ट लागेर एक जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ११ जेठ २०७९

                            

वीरगञ्ज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । देवताल गाउँपालिका-३ का ४० वर्षका रामप्रवेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुकी घरमा जडान गरेको पानी तान्ने विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर महतो घाइते भएका थिए ।

उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा साढे ७ बजे नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट