क्षीरेश्वरनाथ नगरपालिकामा यादवद्वारा पदभार ग्रहण

  डेटूडे खबर डेस्क
  १३ जेठ २०७९

                            
जनकपुरधाम । धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाका नव नगर प्रमुख सुखदेव यादवले आज पदभार ग्रहण गर्दै जेष्ठ नागरिक, सुत्केरी र अशक्तअपांगलाई जिल्लभरि निःशुल्क एम्बुलेन्स सेवा, घरबाटाे जग्गा र चारकिल्लाकाे सिफारिस निःशुल्क र नगर भित्रकाे किसानले पालेका पशुकाे बिमा पालिकाले गराई दिने पहिलो तीन निर्णय गरेका छन्।
 
नगरपालिकाभित्र बसोवास गर्ने आमा र बच्चा दुवैको स्वास्थ्यलाई मध्येनजर गर्दै सुत्केरी तथा जेष्ठ नागरिक र अशक्त अपांगलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख यादवले जनाए ।
 
त्यसैगरी नगर प्रमुख यादवले किसान कृषिमा निर्भर भएको हुँदा किसानले पालेका पशुहरूकाे तथ्यांक संकलन गरि नगरपालिकाले पशुविमा गराईदिने निर्णय गरिएको बतएँ।
 
जनताको स्वास्थ्य सबभन्दा पहिलो आवश्यकता रहेकोले नगर प्रमुखकाे जिम्मेवारी लिए लगतै प्रमुख यादवले स्वास्थ्य केन्द्रित र किसानकाे लागि लोकप्रिय निर्णय ल्याएकोमा नगरवासी खुशी छन्। नगरप्रमुख यादवले गरेको पहिलो निर्णय नै स्वागतयोग्य रहेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट