निगमको डिपो परिसरमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

डेटूडे खबर डेस्क
१३ जेठ २०७९
रुपन्देही । पन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।