मानवसेवा आश्रमको १८ औं जिल्ला शाखाको रुपमा जनकपुरधाममा शुभारम्भ

  डेटूडे खबर डेस्क
  १४ जेठ २०७९

                            

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेश प्रदेशको तेस्रो तथा राष्ट्रकै १८ औं शाखाका रूपमा मानवता प्रवर्द्धन महाअभियान अनुसार आश्रम शुभारम्भ भएको छ ।

आश्रमका संस्थापक रामजी अधिकारीको अध्यक्षतामा एवं मधेश प्रदेशका प्रदेश प्रमुख हरीशंकर मिश्रको प्रमुख अतिथिमा मानवसेवा आश्रमको औपचारिक रूपमा समुदघाटन भएको छ ।

सबैको लागि खाना, नाना र छानाको चाहना सहित "खुला आकाशमूनी सडक जीवन बिताउन विवश घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरोगी, अनाथ, अपाङ्ग, अशक्त एवं सहयोगापेक्षी मानवहरुको उद्वार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारीक पुनर्मिलन तथा पारिवारीक पुनर्मिलन हुन नसकेका मानवहरुको व्यवस्थापन" गर्ने उद्देश्यका साथ स्थापना भएका मानव सेवा आश्रम नेपालको १७ जिल्लाहरुमा स्थापना भईसकेको छ र धनुषा सहित १८ वटा जिल्लामा रहेको छ । 

file (14)

आश्रमले हाल सम्म १७ जिल्लामा २४ शाखा (सेवा केन्द्रहरु) बाट ६ हजार २ सय ९३ जना व्यक्तिलाई सेवा प्रदान गरिसकेको छन् जस मध्ये १ हजार ५ सय ७० जना व्यक्तिहरु  हाल आश्रमहरुमा आश्रित रहेका छन भने २ हजार ४ सय १९ जना व्यक्तिलाई पारिवारीक पुनर्मिलन गराउँन सफल भएका छन् ।  

शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख मिश्रका अनुसार "मानव सेवा आश्रमको जनकपुरधाममा स्थापनासंगै स्वयम् हर्षित भएको तथा आश्रमलाई चाहिने सबै किसिमको सहयोग गर्न पदमा बहाल रहदा वा नरहदा सधै तत्पर रहने" बताए ।

त्यसतै मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवका अनुसार आश्रमको लागि चाहिने जग्गा व्यस्थापन हुना साथ भवनको लागि बजेट विनियोजन गरिदिने साथै यो मानव सेवा आश्रम एउटा सामाजिक कार्य भएको हुँनाले यसको सहयोगको लागि आफु मधेश प्रदेशका सामाजिक विकास मन्त्रीसँग सहयोग गरिदिनको लागि पहल गरिदिने बताए । 

3 (1)

कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, प्रदेश सांसद रामअशिष यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, मिथिला नगरपालिकाका उपप्रमुख सुनिता सिंह बुढाथोकी, मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, समाजसेवी पवन सिंघानीया, हास्य कलाकार मनोज गजुरेल लगायत समाजसेवी, पत्रकार, नागरिक समाज, युवा एवं आश्रममा आवद्ध मनकारी सहयोगी भावनाहरुको उपस्थिती रहेको थियो ।   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट