जलेश्वरका नवनिर्वाचित जनप्रतिनिधीलाई जलेश्वर उद्योग वाणिज्य संघको सम्मान

  डेटूडे खबर डेस्क
  २२ जेठ २०७९

                            

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीलाई जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वरले स्वागत एवं सम्मान गरेको छ ।

आज जलेश्वर उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच नगरपालिकाका नव निर्वाचित नगरप्रमुुख सुरेश साह सोनार लगायत उपप्रमुख र वडाअध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लभराजा सिँहको अध्यक्षता तथा जलेश्वर नगरपालिकाको नगरप्रमुख सुरेश साह सोनारको प्रमुख आतिथ्यमा आयोजित सम्मान कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरुले जलेश्वरका नगरप्रमुख सोनार लगायत उपप्रमुख र वडा अध्यक्षहरुलाई फुलमाला ,मायाको चिनो र दोसल्ला ओढाई स्वागत गर्नुका संगै सम्मान पत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख सोनारले महोत्तरीको सदरमुकाम जलेश्वर भएपनि यहाँका व्यपार व्यवसाय दिनप्रतिदिन धारासायी बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दे अब नगरपालिकाले जलेश्वरको व्यपार व्यवसायलाई सहयोग गर्ने र व्यपार व्यवसाय गर्ने व्यपारीहरुका लागी आउँने दिनमा पालिका बाट योजना नै ल्याएर सहयोग गर्ने प्रतिबद्घता गर्नुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट