आमा बन्दै बलिउड अभिनेत्री आलिया

डेटूडे खबर डेस्क
१३ आषाढ़ २०७९
बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् । सबैलाई सरप्राइज दिंदै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् ।
इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।
‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनको तस्वीरको क्याप्सन छ । तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न सकिन्छ ।
आलियाको यस्तो घोषणा लगत्तै रणवीर र आलियालाई बधाईको ओइरो लागेको छ ।
आलियाको यो तस्वीरमा एक मिनेटमै पाँच लाख लाइक प्राप्त भएको थियो । रणवीरकी बहिनी रिदिमा कपुरदेखि बलिउड कलाकारले समेत इमोजी राख्दै बधाई दिइरहेका छन् । करण जोहर, प्रियंका चोपडा लगायतले पनि बधाई दिएका छन् ।