उपेन्द्र यादवको चुनौती : बाबुरामले बहुमत देखाए अध्यक्ष छाडिदिन्छु
डेटूडे खबर डेस्क
२९ आषाढ़ २०७९
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीमा बहुमत देखाउन चुनौती दिएका छन् ।
वीरगञ्जमा आयोजित केन्द्रीय समितिको बैठकको उदघाटन सत्रमा बुधबार उनले बहुमत देखाए अध्यक्ष पद नै छाडिदिने बताए ।
‘मेरो विरुद्धमा हस्ताक्षर गराउनुभयो । त्यो हस्ताक्षर यहाँ ल्याएर बैठकमा पेश गर्नुपथ्र्यो । बहुमत देखाउन सकेको भए म अध्यक्ष छोडिहाल्थेँ’, उनले भने ‘डाक्टर जडीबुटीको वैद्यखानातिर हस्ताक्षर बोकेर भाग्नुभएको छ ।’
यादवले भट्टराईमा हस्ताक्षर गर्ने बानी नै परेको टिप्पणी गरे । ‘माओवादीमा हुँदाखेरि पनि प्रचण्डजीलाई हटाएर आफू अध्यक्ष हुन हस्ताक्षर गराउनुभएको थियो । हस्ताक्षर बुझाउन बैठक बस्यो । १८ जना हस्ताक्षरकर्ताले उनकै विरोध गरे । त्यसपछि बाबुरामजी उठेर हिँड्नुभयो, माओवादी पनि छोडेर हिँड्नुभयो । यहाँ पनि त्यस्तै भयो’, अध्यक्ष यादवले भने ।