जसपाले बाबुराम भट्टराईसहित नाै जनालाई पदमुक्त गर्याे
डेटूडे खबर डेस्क
३० आषाढ़ २०७९
पर्सा । जनता समाजवादी पार्टी (जसपा) ले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नाै जना नेतालाई पदमुक्त गरेकाे छ ।
वीरगञ्जमा बसेकाे बैठकले भट्टराईसहित कार्यकारिणी समितिका नाै जना नेतालाई पदमुक्त गरेको हाे । बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू गङ्गानारायण श्रेष्ठ, दुर्गा शाेव, दानबहादुर चाैधरी, प्रशान्त सिंह, महिन्द्र यादव, भक्तबहादुर साह, रमेश यादव र हिसिला यमीलाई पदमुक्त गरेकाे हाे ।
यस्तै बैठकले सङ्घीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।