आजदेखि मतदाता नामावली संकलन स्थगित

  डेटूडे खबर डेस्क
  २० श्रावण २०७९

                            

जनकपुरधाम । सरकारले मंसिर ४ गते एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेकोसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि स्थगित गर्ने भएको छ । आजदेखि देशभर मतादाता नामावली संकलन रोकिने छ ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन मिति २०७९ साउन २० गतेदेखि स्थगित हुने छ ।

साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसमम औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।

मतदान स्थल तथा मतदान केन्द्रहरूको पुनरावोलकन गरी अद्यावधिक गरिने छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट