निर्वाचन आयोगमा १० औं नम्बरमा दर्ता भयो एमाले

  डेटूडे खबर डेस्क
  २४ श्रावण २०७९

                            

काठमाडौँ । नेकपा एमालेले चुनावी प्रायोजनको लागि निवौचन आयोगमा दल दर्ता गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको हो । 

निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका मुख्यसचिव भीष्म अधिकारीका अनुसार दशौं नम्बर पार्टी दर्ता भएको छ। निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरेको थियो। एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत आयोग पुगेर दल दर्ता गराएका हुन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट