बागमती प्रदेशमा लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो (सूचनासहित)

  डेटूडे खबर डेस्क
  २७ श्रावण २०७९

                            

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को दैनिक आवेदन संख्या बढाइएको छ । आवेदकहरुको चापलाई व्यवस्थापन गर्न बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि आवेदन दिन सकिने संख्या बढाएको हो ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार ललितपुरको एकान्तकुना, काठमाडौँको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागु हुने गरी आवेदन संख्या बढाइएको उल्लेख छ ।

यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १ हजार २ सय १५ले वृद्धि गरिएको हो । सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

 

Notice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट