दल दर्ताको आज अन्तिम दिन

  डेटूडे खबर डेस्क
  ३१ श्रावण २०७९

                            

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ता समय सीमा आज सकिँदै छ ।  

सरकारले चुनावको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ ।
तर हिजोसम्म मात्र ६२ दलले दर्ता गराएका छन् । आयोगमा साउन १९ गतेसम्म ११६ दल दर्ता भएकोमा   तीमध्ये चुनावमा भाग लिन हिजोसम्म आयोगमा ६२ दल दर्ता भएका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् । 

ठुला राजनितिक दलमा नेकपा एमालेले दल दर्ता गरिसकेको  भने नेपाली कांग्रेस र माओवादी केन्द्रले अझै दर्ता गराएका छैनन् । आज अन्तिम दिलन भएकोले आवै दल दर्ताको तयारीमा माओवादी र कांग्रेस छन् ।

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ । नेपालको संविधानको धारा २७१ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट