अब C-ASWA शुल्क अधिकतम ५ रूपैयाँसम्म मात्र लाग्ने

  डेटूडे खबर डेस्क
  ०७ भदौ २०७९

                            

जनकपुरधाम । नेपाल नेपाल धितोपत्र बोर्डले आइपीओ वा अन्य सार्वजनिक धितोपत्र निष्काशनमा लाग्ने सि–आश्वा शुल्कमा भारी कटौती गर्ने भएको छ । आइतबार भदौ ५ गते बसेको धितोपत्र बोर्डको बैठकले सि–आश्वा शुल्क घटाउने निर्णय गरेको हो ।

आईपीओ लगायतका सार्वजनिक निष्कासनमा बैंकहरुले अधिकतम ५ रूपैयाँसम्म मात्र शुल्क लिन पाउने बारे बैठकमा छलफल भएको हो । नयाँ शुल्क अब जारी हुने आइपीओबाटै लागू हुने बोर्डले जनाएको छ |

५ रुपैयाँमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ भने १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ । बाँकी रकम भने सी–आस्वा सदस्यका लागि छुट्याईएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट