सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै

  डेटूडे खबर डेस्क
  ०८ भदौ २०७९

                            

काठमाडौं । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ ।

मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको थियो । सिट बाँडफाँटको मापदण्डमै सहमति नजुटेपछि मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

मापदण्डलाई अन्तिम रुप दिन कार्यदलको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल ०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट