गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीले भागबण्डामा असन्तुष्टि व्यक्त गरेपछि टुंगो लगाउन गठबन्धनलाई सकस परेको छ।
गठबन्धनले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ४/४ मन्त्रालय पाउने गरी सहमति गरेको थियो।
सहमतिअनुसार कुरा मिले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका थिए।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
स्रोतका अनुसार एकीकृत समाजवादीलाई प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ। समाजवादीका तर्फबाट प्रदेश १ मा राजेन्द्र राई र बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्य दाबेदार छन्।