कांग्रेस नेता निधि समानुपातिकमा सिफारिस

  डेटूडे खबर डेस्क
  १७ भदौ २०७९

                            

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ ।

धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए ।

अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका थिए । त्यसको जानकारी उनले पार्टी सभापति शेरबहादुर देउवालाई गराइसकेका उनी निकट एक नेताले बताए ।

राजेन्द्र महतोले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा ३ सँगै सर्लाहीको ४ र २ मा पनि चुनाव लड्न प्रस्ताव आएको बताएका छन् । उनी कहाँबाट निर्वाचन लड्छन् भन्ने एकिन भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट