न्यायाधिवक्ता दीपेन्द्र झाले दिए राजीनामा

  डेटूडे खबर डेस्क
  १८ भदौ २०७९

                            

जनकपुरधाम। मधेस प्रदेश गठन भएदेखि नै मुख्य न्यायाधिवक्तामा नियुक्त भएका दीपेन्द्र झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले झा जलेश्वर स्थित पार्टी  प्यालेसमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेकोे छ।

प्रमुख न्यायाधिवक्ता रहँदा झाले संघीय सरकारसित प्रदेशको अधिकार थुत्न निरन्तर कानूनी लडाइँ गरिरहे ।

उनकै सक्रियतामा सर्वोच्च अदालतमा मधेस सरकारले संघीय सरकारविरुद्ध करिब ८ वटा मुद्दा दर्ता गराएको थियो

झा महोत्तरीको क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।

झाले मुख्यमन्त्री राउतलाई भेटेर राजीनामा दिइसकेको र जसपा प्रवेशको तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट