सांसद मञ्जु यादवको नाम महोत्तरी – २ ‘क’ बाट सिफारिस

  डेटूडे खबर डेस्क
  १९ भदौ २०७९

                            

जनकपुरधाम । मंसिर ४ गते हुने निर्वाचनको लागि महोत्तरी क्षेत्र नम्बर २ को ‘क’ बाट नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु कुमारी यादवको नाम जिल्लाबाट पनि सिफारिस भएको छ ।

यस अघि समाजवादीको भंगहा नगर कमिटीबाट उनको नाम एक्कल सिफारिस भएको थियो । 

उक्त क्षेत्रबाट अहिले लोकतान्त्रि समाजवादी पार्टी लोसपाका सांसद जयनुल राइन निर्वाचित छन् भने मञ्जु समानुपातिक सांसद छिन् ।

गत भदौ १४ गते बसेको एकीकृत समाजवादीको महोत्तरी जिल्ला कमिटी बैठकले सो क्षेत्रबाट पहिलो नम्बरमा प्रत्यक्ष तर्फ सांसद यादवसहित तीनजनाको नाम सिफारिस गरेको हो ।

दोश्रो नम्बरमा विशेश्वर साफी र निर्मला देवी पासवानको नाम सिफारिस गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट