चोलेन्द्रले नपढी हस्ताक्षर गर्न नमानेपछि एक/एक लाइन पढेर सुनाइँदै

  डेटूडे खबर डेस्क
  ३१ भदौ २०७९

                            

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयानका आधारमा तयार पारेको १७४ पेज लामो प्रतिवेदन अहिले वाचन गरेर सुनाइरहेको छ । पाँच दिनसम्म लिएको बयानमा ४३ प्रश्नको जवाफका आधारमा समितिले १७४ पेज लामो प्रतिवेदन तयार पारेर चोलेन्द्रलाई हस्ताक्षर गराउन खोजेको थियो । तर चोलेन्द्रले अक्षरश: नपढेकोले हस्ताक्षर नगर्ने अडान राखेपछि समितिको बैठकमा सबै एक/एक लाइन पढेर सुनाएर हस्ताक्षर घराउने काम जारी छ । सबै पेजमा एक एक लाइन पढेर हस्ताक्षर गराउँदा सात घन्टाभन्दा बढी समय लाग्ने समिति सदस्य मिन विश्वकर्माले बताए ।

आजको बैठकमा जबरासँग पूरक प्रश्न सोध्ने समितिको तयारी थियो । तर, एमालेका सांसदहरूले पूरक प्रश्न सोध्न नपर्ने अडान लिएका थिए । समितिमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ११ सांसद छन् ।

बिहीबार समितिले जबराले मुछेका वकिलहरूसँग छलफल गरेको थियो । उनीहरूसँग सोधिएका प्रश्नको उत्तर महाअभियोग प्रतिवेदनमा उल्लेख गर्ने कि नगर्ने भन्ने निर्णयमा समिति पुगिसकेको भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट