सत्तारुढ गठबन्धनले जसपालाई आजसम्म कुर्ने, नआए चार दलबीच मात्रै तालमेल

  डेटूडे खबर डेस्क
  २१ असोज २०७९

                            

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कारण पाँचदलीय सत्ता गठबन्धनको सिट बाँडफाड अलपत्र परेको छ।  बिहीबार साँझ बालुवाटारमा अबेरसम्म बसेको गठबन्धनको बैठकमा जसपाका नेता उपस्थित नभएपछि भागवण्डा अलपत्र परेको हो।

जसपाले गठबन्धन र नेकपा एमाले दुवैतिर तालमेलको कुरा चलाइरहेको छ। सिट धेरै सुनिश्चित हुने दलसँग तालमेल गर्ने जसपाको रणनीतिले सत्ता गठबन्धन सिट बाँडफाँडको टुंगोमा पुग्न सकेको छैन।

हिजो दिउँसा बालुवाटारमा पार्टी प्रवक्ता मनिष सुमन र बालकोटमा पार्टी अध्यक्ष उपेन्द्र यादव सहभागी भएर सिटको ‘बार्गेनिङ’ गरेका थिए। सत्ता गठबन्धनले जसपालाई प्रतिनिधिसभातर्फ १६ सिट दिने तयारी गरेको छ । तर एमालेले भने झण्डै २५ सिट दिने बताएपछि जसपाको दोहोरो बार्गेनिङ चलेको नेताहरू बताउँछन्।

गबठन्धनको बैठक शुक्रबार बिहान पुनः बालुवाटारमा बस्ने भएको छ। दिउँसोसम्म जसपालाई कुर्ने र जसपाले निर्णय नदिए चार दलबीच मात्रै भागवण्डा गर्ने प्रस्ताव राख्दै हिजोको बैठक सकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट