टिकट नपाएपनि चुप बसेका एमाले नेता रावल भोलि आफ्नो धारणा सार्वजनिक गर्ने

  डेटूडे खबर डेस्क
  २६ असोज २०७९

                            

 एमाले नेता भीम रावलले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार नबनाए पनि रावल अहिलेसम्म मौन बस्दै आएका थिए । उनले उचित समयमा पार्टीभित्रको पछिल्लो गतिविधि र त्यसमा आफ्नो पोजिसनबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताउँदै आएका थिए । 

रावलले बुधबार प्रेस नोट जारी गर्दै आगामी ४ मंसिरमा हुने निर्वाचनमा अछाम जिल्ला कार्यसमिति, प्रदेश, जिल्ला, वडा, पालिका, निर्वाचन क्षेत्र सबैतिरबाट एकल नाम सिफारिस भए पनि केन्द्रले सिफारिस नभएका व्यक्तिलाई उम्मेदवार बनाएको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएका हुन् । रावलले बिहीबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वटमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट