पार्टीमै रहेर संघर्ष गर्छुः रावल

  डेटूडे खबर डेस्क
  २७ असोज २०७९

                            

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीमै रहेर संघर्ष गर्ने निर्णय गरेका छन्। अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको भन्दै आक्रोशित बनेका उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीमै बसि संघर्ष गर्ने बताएका हुन्।

उनले अहिलेको अवस्थामा मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहेको बताएका छन्। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति भने चरम असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीमाथि दर्जन बढी आरोप लगाउँदै आफूलाई टिकट नदिने कदम कार्यकर्ता र जनताको मत र भावनालाई कुल्चने षडयन्त्रपूर्ण स्वेच्छाचारी भएको बताएका छन् । 
रावलसँगै टिकट नपाएका स्थायी कमिटी सदस्य घनश्याम भुसालले तत्कालै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर रावलले भने पार्टी नछोड्ने बताएका हुन् । अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए। उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट