प्रभु साह एमालेबाट निष्काशित
डेटूडे खबर डेस्क
२८ असोज २०७९
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहलाई पार्टीले कारबाही गरेको छ। पार्टीविरोधी गतिविधि गरेको भन्दै साहलाई एमालेले पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरेको छ। शाहले आफूलाई पार्टीले दिएको टिकट होल्ड गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह( इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज उपेन्द्र साह र सह( इन्चार्ज कुन्दप्रसाद कुशवाह पार्टी विरोध गतिविधिमा संलग्न रहेकाले निजहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको छ।’
साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदावरी दिएका थिए। एमालेले रौतहट जिल्ला कमिटी पनि विघटन गरेको छ। रौतहट जिल्लाको सह(इन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई तोकेको महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।