करिश्माको गुनासो, ‘सुन्दरताको चर्चा भयो, तर अभिनयको भएन’

  डेटूडे खबर डेस्क
  १५ कार्तिक २०७९

                            

अभिनेत्री करिश्मा आफूलाई अवार्ड नदिएको गुनासो गरेकी छन् । सोमबार साँझ फिल्म ‘बगान’ को एक कार्यक्रममा मानन्धरले आफ्नो अभिनयको भन्दा पनि सधै सुन्दरता र पहिरनको चर्चा गरिएको गुनासो समेत गरिन् ।

‘फिल्ममा मलाई सुन्दरता र पहिरनमा नै बढी ध्यान केन्द्रित गराइयो’ उनले भनिन् ‘मलाई कहिले पनि गम्भिर खालका भूमिकामा अफर गरिएन । सायद, मैले गर्न सक्छु भन्ने मेकरलाई नलागेको हुनसक्छ ।’ आफ्नो चर्चा धेरै पहिरन र सुन्दरता हुँदा अभिनय छायाँमा परेको उनको भनाइ थियो ।

आफू राम्रो भूमिका पाए आमाको मात्र नभएर हजुरआमाको पनि अभिनय गर्न तयार रहेको बताएकी उनले फिल्म ‘बगान’ लाई आफ्नो करिअरको दोश्रो इनिङको रुपमा चर्चा गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट