निर्वाचन प्रचारको समय खुला
डेटूडे खबर डेस्क
१७ कार्तिक २०७९
काठमाण्डाै । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि १५ दिनको समयसीमा तोकिएको छ । निर्वाचन आयोगले उम्मेदवारहरूलाई आज १७ कात्तिकदेखि १ मङ्सिरसम्म प्रत्यक्ष चुनावी प्रचार गर्ने अवधि तोकेको हो ।
यस अवधिमा जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन/प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन प्रचारप्रसारमा लागेको खर्चको विवरण उम्मेदवार आफैँले वा उम्मेदवारका प्रतिनिधिमार्फत १५ दिनभित्र आयोगमा बुझाउन अनिवार्य गरिएको छ ।