लोसपाबाट चौधरीले दिए राजिनामा

  डेटूडे खबर डेस्क
  २२ कार्तिक २०७९

                            

जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका – २ लोसपा नेपालका जिल्ला कार्यकारिनि समिति सदस्य नेता रोहित कुमार चौधरीले  पदबाट राजिनामा दिएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखे ‘म आजको मितिदेखि यस पार्टीको सम्पूर्ण  जिम्मेवारीबाट आफूलाई मुक्त गर्दै राजिनामा गरेको घोषणा गर्दछु’।

त्यस्तै,‘मैले गरेको राजनीति र यस लोसपा नेपाल पार्टीको सिद्धान्त वीचार म जस्तो बुझ्दै आएको सद्धभावसंगै प्रतिबद्ध नरेकोले मैले राजिनामा दिएको छु ।’

चौधरी मधेश आन्दोलनको थालनी देखि नै आफू देश र मधेश प्रति बफादार रहेको र आउँदो  समयमा समेत आफ्नो मुद्दालाई जीवन्त राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट