एसिड प्रयोग गरि मतपेटिकामा आगजनी

  डेटूडे खबर डेस्क
  ०४ मंसिर २०७९

                            

पूर्व नवलपुरमा एउटा मतदान केन्द्रमा एसिड प्रयोग गरि मतपेटिकामा आगजनी भएकाे छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने देवचुली नगरपालिका ४ काे शान्ति शृजना केन्द्र झाक्रेमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगजनी भएकाे हो ।

मतपेटिकामा मतपत्र खसाएपछि नारायण भण्डारीले एसिड प्रयाेग गरि आगाे लगाएका प्रहरीले जनाएकाे छ । उनलाई पक्राउ गरिएकाे र उनी पूर्वलडाकु रहेकाे बुझिएको छ। आगजनीको थप कारण खुल्न बाँकी छ ।

मतपेटिकामा आगजनी भएपछि अहिले यस केन्द्रमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट