मधेश प्रदेशमा ६२ दशमलव पाँच प्रतिशत मतदान
डेटूडे खबर डेस्क
०४ मंसिर २०७९
जनकपुरधाम । आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा मधेश प्रदेशमा ६२ दशमलव ५ प्रतिशत मतदान भएको छ।
मधेश प्रदेशको बारामा सबैभन्दा धेरै ६६ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै रौतहट र महोत्तरीमा ६५ प्रतिशत, धनुषा र सप्तरीमा ६२ प्रतिशत, सिरहा, पर्सा र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ।आज भएको चुनावमा ८ जिल्लामध्ये ४ जिल्लामा गोलीसमेत चलेको छ भने सामान्य विवाद र झडपसमेत भएको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बारा, रौतहट, सिरहा र धनुषाको ५ ठाउँमा सामान्य झडप भएको र झडप नियन्त्रणमा लिनको लागि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको समेत जानकारी दिए ।
प्रहरीले सिरहामा ३ राउण्ड र रौतहटमा १ राउण्ड हवाई फायर गरेको हो।