३४ हजार मतान्तरले रवि लामिछाने विजयी
डेटूडे खबर डेस्क
०८ मंसिर २०७९
चितवन । चितवन क्षेत्र नं २ मा भारी मतका साथ पूर्व पत्रकार रवि लामिछाने निर्वाचित भएका छन् ।
लामिछाने ३४ हजार १६२ मतान्तरले निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार लामिछाने ४९ हजार २६१ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६४९ मत पाए ।
लामिछाने निर्वाचित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका सासंदहरूको सङ्ख्या ६ पुगेको छ ।