रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी

  डेटूडे खबर डेस्क
  ०८ मंसिर २०७९

                            

रौतहट । रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । माधवकुमार नेपालले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे ।

नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।

अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी भएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट