धनुषा ४ बाट एमालेका रघुवीर महासेठ विजयी
डेटूडे खबर डेस्क
१३ मंसिर २०७९
जनकपुरधाम । धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गरेको हो ।
महासेठले ३२ हजार २३६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरे । १ सय २४ मतान्तरले महासेठ विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।-