भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

  डेटूडे खबर डेस्क
  १४ मंसिर २०७९

                            

भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको छन्। विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जानकारी दिएको हो ।

संघीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशंकामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

वैदेशिक व्यापार नियमन एवम् प्रवद्र्धनमा संलग्न उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर–बासमती जातका चामलमा २०% निर्यात शुल्कसमेत लगाएको थियो । चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट