धनुषामा घरेलु हतियार प्रयाेग गरि एक जनाकाे हत्या,चारजना घाइते

  डेटूडे खबर डेस्क
  १६ मंसिर २०७९

                            

जनकपुरधाम ।  धनुषामा घरेलु हतियार प्रयाेग गरि एक जनाकाे हत्या भएको छ । मिथिला बिहारी नगरपालिका ४ रमौलका ५३ वर्षीय प्रभु यादवकाे घरेलु हतियार प्रयाेग गरि हत्या  भएको  छन् भने अन्य चारजना व्यक्ति  घाइते भएका  प्रहरीले जनाएको छ।

 प्रहरीले दुई समूहको बिचमा   विवाद भएर प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान भईरहेको बताए।  

 बिहीवार राति स्थानीय सुरज यादवसहितकाे समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको ज्यान गएकाे प्रभुका छोरा अशोकले बताएका छन्। घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरको उनले बताए । 

झन्डै दुई महिनाअघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरूको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । गए रातिको आक्रमण त्यही घटनासँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी, जेठा छोरा जगरनाथ, माहिला छोरा सन्तोष र कान्छा छाेरा आशोक घाइते भएका छन् । सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने अन्य सामान्य घाइते छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट