विवाह बन्धनमा बाँधिए आश्मा र संयम

  डेटूडे खबर डेस्क
  १६ मंसिर २०७९

                            

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी विवाह बन्धनमा बाँधिएका छन् । बौद्धस्थित हायात रिजेन्सीमा यी दुईको विवाह समारोहको  आयोजना भएको छ । संयम र आश्माले करिब १० वर्षको प्रेमलाई विवाहमा परिणत गरेका छन् 

दुबै तर्फका आफन्त र कलाकारसहित विवाहमा करिब दुई सय जना पाहुना छन् ।

सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभास, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् । फिल्म ‘आभास’ संयम र आश्मा ​ एकसाथ देखिएका थिए । 

संयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्, आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट