प्रधानमन्त्री दाहाल सरकारी निवासमा
डेटूडे खबर डेस्क
१३ पौष २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेको छ ।
बुधबार साँझ प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार प्रवेश गरेको हो ।
बालुवाटारमा प्रधानमन्त्रीलाई सरकारी उच्च अधिकारी तथा निवासका कर्मचारीहरुले स्वागत गरेका थिए ।
दाहालले दुई दिनअघि कार्यभार सम्हालेको थियो ।