मधेश प्रदेश सभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ
डेटूडे खबर डेस्क
१४ पौष २०७९
जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
अब सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन्।
नेकपा एकीकृत समाजवादीका नेता न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। भोलि शुक्रबार न्यौपानेले प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शपथ खुवाउने कार्यक्रम रहेकाे छ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।
१०७ प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् ।
प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ खुवाउने कार्यक्रम छ । सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।