जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा महेश यादव चयन
डेटूडे खबर डेस्क
१६ पौष २०७९
जनकपुरधाम । जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादवलाई चयन गरिएको छ ।
दलका नेता चयन गर्न जनकपुरधाममा पुस ५ गते बसेको बैठकमा सहमति नजुटेपछि अध्यक्ष डा. सीके राउतलाई नै चयन गर्ने जिम्मेवारी दिइएको थियो । सोही बमोजिम अध्यक्ष राउतले दलका नेता यादवलाई बनाएको छ ।
यादव सप्तरी क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् । नेकपा माओवादी परित्याग गरी जनमत पार्टीबाट लडेका उनी माओवादीकै नेता तथा पूर्वमन्त्री उमेश यादवलाई पराजित गरेका छन ।
मधेश प्रदेशमा जनमत पार्टीका १३ सांसद छन् । जनमत पार्टीले यो प्रदेशमा मुख्यमन्त्रीको समेत दाबी गरेको छ ।